हिन्सको डाईरेक्टर बोर्डमा अधिराज राईको नेतृत्व

२ जूलाई २०२३ हङकङ ।
हिन्सको वार्षिक साधारण सभाबाट डाईरेक्टर अधिराज राई अध्यक्ष पदमा चुनिएका छन् । बिगत लामो समय सम्म हिन्सको डाईरेक्टर पदमा रहि संस्थाको बिभिन्न कार्यक्रमहरूमा सक्रिय रहेका राई बोर्ड अफ डाईरेक्टरको चौथो अध्यक्षको रुपमा सर्वसम्मतिबाट चुनिएका हुन् ।
हङकङेली नेपाली समाजमा बिभिन्न संस्थाहरूमा आवद्ध रहि सामाजिक कार्यहरूमा क्रियाशिल राई समाजमा एक परिचित व्यक्तित्व हुन् । यस अधि राईले खोटाङ समाज हङकङको पनि नेतृत्व गरिसकेका छन् ।
Comments are closed.