advertisement

हिन्सले चीनको ७५औं स्थापना दिवस मनायो

हिन्सले चीनको ७५औं स्थापना दिवस मनायो

१ अक्टोवर २०२४ हङकङ ।

नेपालीलाई स्थानियहरूसंग एकिकृत गराउन हङकङ एकिकृत नेपाली समाज (हिन्स)ले गर्दै आईरहेको प्रयास स्वरुप बिभिन्स समयमा उल्लेखनीय कार्यक्रमहरू गराउँदै आईरहेको छ । यसैक्रमलाई निरन्तरता दिन हिन्सले आफ्नो कार्यालयमा चीनको ७५औं राष्ट्रिय दिवस मनाएको छ ।

हङकङेली नेपाली समाजमा सामाजिक कार्यहरूमा अग्रिण भूमिका खेल्दै आएको हिन्सले मुख्यभूमी चीनको ७५औं राष्ट्रिय दिवसको उपलक्ष्यमा ७५ नम्बरले सजिएको केक हङकङ बसोबास गर्दै आएका प्रथम नेपाली ओलम्पियन बक्सर श्री नामसिं थापा, कम्युनिटी सर्भिस डाईरेक्टर सुश्री चङ यिङ यिङ तथा हिन्सका बोर्ड अफ डाईरेक्टरका अध्यक्ष अधिराज राईले संयुक्तरुपमा काटी कार्यक्रमको शुभारम्भ गरेका थिए । लामो समय मात्र नभई पुस्ता देखि पुस्ताकोरुपमा नेपाली बसोबास गर्दै आरहेको यस चिनिया भूमीमा स्थानीयहरूसंग घुलमिल र एकिकृत हुनै पर्ने मान्यता राख्ने हिन्सले यसैको उद्देश्यस्वरुप यस प्रकारका कार्यक्रमहरू हङकङेली नेपालीहरू बिच गर्दै आईरहेको छ ।

स्मरण रहोस् हिन्सले बिगतमा हङकङ सरकारको होम ब्यूरोबाट नेपाली समुदायका लागि प्रायोजित कार्यक्रम “नेप्पलिज कम्युनिटी सर्भिस टिम” १० वर्ष सफलतापूर्वक सँचालन गर्नुको साथै नेपाली कम्युनिटीको प्रतिनिधित्व गर्दै हङकङमा आयोजित एसियाली राष्ट्रहरूको साँस्कृतिक कार्यक्रमहरूमा धेरै पटक प्रस्तुति दिईसकेको छ । र साथै हङकङ सरकारबाट सरकारी घर कार्यालय प्रयोजनका लागि प्राप्त गर्ने एकमात्र नेपाली संस्था हो ।

कार्यक्रममा ग्यालेक्सी डान्स स्टुडियोका सोना लावतीद्वारा प्रशिक्षित बालबालिकाहरूले मनमोहक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम उद्देश्यलाई अझै बढि प्रोत्साहन दिनुहुने व्यक्तित्वहरू तथा कार्यक्रममा रौनकता थप्ने ग्यालेक्सी डान्स स्टुडियोका बालबालिकाहरूलाई प्रशंसा पत्रहरू प्रदान गरिएको थियो ।

Comments are closed.